Follow @khasokhasmag

(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए राजिनामा,यस्तो छ कारण


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन । नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बैठकमै राजिनामा बुझाएको बुझिएको छ ।

चिकित्सक गोविन्द केसीको अनसनको समयमा श्रेष्ठ र उनका मुख्य समर्थक शिक्षमन्त्री गिरिराजमणि पोखरेल दोहोरो भूमिकामा देखिएका थिए । सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठको भूमिकाको आलोचना गरेपछि श्रेष्ठले राजिनामा दिएका हुन ।

श्रेष्ठलाई राजिनामा फिर्ता लिन फकाउने जिम्मा भने वरिष्ठ नेता माधवकुमार नेपाललाई दिइएको बुझिएको छ ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com