भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास बिमस्टेक को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ।

गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि मोदी पनि आउने भएका हुन्।

सदस्य राष्ट्रका कार्यकारी सरकार प्रमुखहरूको सहमतिमा सम्मेलनको मिति तय भएकाले सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख सम्मेलनमा सहभागी हुने सम्भावना रहेको परराष्ट्र स्रोतले जनाएको खबर आजको अन्नपुर्ण पोष्ट मा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com