वरिष्ठ पत्रकार तथा समाजसेवी गोपीकृष्ण स्मृति प्रतिष्ठान तथा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा


प्रकाशित मिति : श्रावण १५, २०७५ मंगलबार

न्यूयोर्क/पूर्वी नेपालका ७१ वर्शीय वरिश्ठ पत्रकार तथा तथा सुपरिचित समाजसेवी गोपिकृष्ण खनालको तेर्हौं दिनको पून्यतिथिमा स्व. खनालको स्मृतिमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ को स्थापनाको घोषणा गरिएको छ र उक्त प्रतिष्ठानले वहॉले गर्नु भएको पत्रकारितालाई जीवन्त बनाउन यो क्षेत्रमा लागी पर्ने राष्ट्रीय अन्तराष्ट्रीय क्षेत्रमा योगदान पुर्याउने जो कोहीलाई ‘ गोपीकृष्ण पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिने घोषणा गरिएको छ । प्रतिष्ठानको अक्षय राशी, विधान, समिति गठन र कार्यक्रमको विस्तृत विवरण पछि स्पष्ट पारिने कुरा पनि पारिवारिक स्रोतले जनाएको छ ।

झापाका अग्रज तथा वरिष्ठ पत्रकार खनालको बिर्तामोड स्थित महेन्द्र राजमार्ग अन्तर्गत रामचौकमा जीप गाडिले उहाँ चढेको साईकललाई ठ्क्कर दिंदा घाईते भएका थिए भने स्थानीय वि एण्ड सी अस्पतालमा टाउकोमा लागेको गम्भिर चोटको शल्यकृयाको क्रममा जुलाई २० तारिख असामयिक निधन भएको थियो । स्व. खनालका जेठा छोरा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर (न्युयोर्क) निवासी संचारकर्मी मनोज खनालले आफ्नो बुबाको यशकृति राखी उहाँका पत्रकारिता र सामाजिक सेवाको कार्यलाई निरन्तरता दिन र प्रोत्साहन गर्न स्व. खनालको तेर्हौं दिनको पून्यतिथिमा श्रीमती रुपीदेवी खनालको संरक्षकत्वमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ र ‘गोपीकृष्ण पत्रकारिता पुरस्कार’ स्थापना गरिएको जानकारी गराउनु भएको छ । वहॉ संगको एक भेटघाटको क्रममा बताउनु भए अनुसार वहॉले वि. सं. २०२८- २०२९ साल देखि मोफसलमा प्रकाशित भएका नेपाली भाषा र साहित्यका विभिन्न पुस्तकहरु र पत्र पत्रिकाहरु संकलन गर्नु भएको र उक्त पुस्तकहरुको संगालो स-सानो लाईब्रेरी नै रहेको हुदॉ प्रतिष्ठानले उक्त पुस्तकहरु पनि संरक्षण र संम्बर्धन गरिने वहाँ का जेठा सुपुत्र मनोज खनाल ले बताउनू भएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com