खाली हुँदै निर्मल निवास


प्रकाशित मिति : श्रावण १५, २०७५ मंगलबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने हुनुभएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान लाग्नुभएको हो ।

उहाँको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लाग्नुभएको हो । दुई वर्षअघि थाइल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न पुग्नुभएकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लाग्नुभएको नेपाल समाचारपत्रमा खबर छ ।

रविभवनस्थित लिंकन स्कुलमा माध्यमिक शिक्षा सक्नुभएकी कृतिकाले दिदी पूर्णिकासँगै उच्च शिक्षा अध्ययन गर्न चाहेकाले पूर्वराजाा ज्ञानेन्द्रले दुवैलाई एउटै कलेजमा भर्ना गराउन लाग्नुभएको हो ।

अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसक्नुभएको छ । हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुग्नुभएको हो । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने हुनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com