केपी ओलीलाई गाली गर्नेलाई गतिलो झापड ! विराटनगरमा पाइपबाटै घरघरमा ग्यास


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

२०७२ असोजमा संविधान जारीभएपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए । भारतीय नाकाबन्दीको विरोध गरे चर्चाको शिखरमा पुगेका उनले सोही बेला पाइपका माध्यमबाट घरघरमा ग्यास पुराउने बताएका थिए ।

तर, उनको अभिव्यक्ति मजाकको विषय बन्यो । धेरै ट्रोल बनाइए र उखान टुक्काकारुपमा लिइयो । अहिले पुनः ओली प्रधानमन्त्री बनेका छन्, र उनको सपना पुरा हुँदै गएको छ ।

विराटगरका उपभोक्ताले पाइपलाइनबाटै घर–घरमा वायो ग्यासको प्रयोग गर्न पाउने भएका छन्। पहिलो चरणमा महानगरपालिका–१४ का घर–घरमा बायो ग्यास पुर्‍याउन पाइप विछाउने काम धमाधम भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालाको गाईको गोवरबाट ३ सय घनमिटर ग्यास उत्पादनका लागि प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिइसकेको छ। गौशाला परिसरमा डोम स्थापना गर्ने काम सम्पन्न भइसकेको छ। डोममा ग्यास स्टोर गरिन्छ र स्टोेर गरिएको ग्यास पाइलाइनवाट घर–घरमा पुर्‍याउने गरी तयारी भइरहेको छ।

डेढवर्ष अघि शुरु गरिएको यो प्लान्टबाट पहिलो चरणमा ३५ घरमा र त्यसपछि १ सय घरमा ग्यास पुर्‍याउने लक्ष्य रहेको बताइएको छ । प्राविधिक काम सम्पन्न भइसकेकाले पाइपलाइन विछ्याउने काममात्र बाँकी रहेको र उक्त काम यसै हप्ता पूूरा हुने बताइएको छ। साविकको जिल्ला विकास समिति, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाको सहयोगमा काम शुरु भएको हो। अहिले जिल्ला समन्वय समितिले काम गरिरहेको छ।

प्रधानमन्त्री केपी ओलीले भनेजस्तै पाइपलाइनवाट घरघरमा ग्यास पुर्‍याउने काम अन्तिम चरणमा पुगेको स्थानीयको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com