यी युवा जसले सडकमा भेटिएको एक झोला पैसा प्रहरीलाई बुझाए


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

एक युवाले बाटोमा भेट्टाएको एक झोला पैसा प्रहरीलाई बुझाएर इमान्दारिताको एउटा अब्बल उदाहरण बनेका छन्। चितवन जिल्लाको इच्छाकामना गाउपालिका वडा नं. ६ बस्ने हेमलाल श्रेष्ठले सडकमा भेटिएको एक झोला पैसा प्रहरीलाई बुझाएका हुन्।

सधैँ झै आफ्नो गाडीमा यात्रु बोकेर फिस्लिङ देखि मुग्लिन फर्कँदै गर्दा चुम्लिङ्ग बजार नजिकै आइपुग्दा उनले बाटोमा एउटा झोला देखे र गाडी रोकेर उक्त झोला हेर्दा पैसै पैसाले भरिएको देखेपछि उनले तत्काल प्रहरीलाई फोन गरी आफूले पैसाले भरिएको ब्याग भेटेको जानकारी गराई उक्त ब्याग प्रहरीको जिम्मा लगाएका हुन् । पूरा जानकारीको लागि भिडियो हेर्नुस्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com