छोराहरुमा सम्पत्ति नबाँडियोस् भन्ने चाहन्थे पिता, श्रीमतीकै अगाडि नाबालकलाई नदीमा फ्याँके


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

आफ्नो सम्पत्ति आफ्ना दुई छोराहरुमा नबाँडियोस् भन्नकै लागि कुनै पिताले आफ्नो नाबालक छोरालाई नदीमा फ्याँक्न सक्ला । सुन्दा निकै अनौठो लाग्ने यस्तै घटना भएको छ । एक पिताले आफ्नो सम्पत्ति नबाँडियोस् भन्नकै लागि नाबालक छोराको हत्या गरेका छन् । भारतको गुजरात राज्यको सूरत शहरका निशित पटेलले यसरी नाबालक छोराको हत्या गरेका हुन् ।

आरोपी पितालाई हिरासतमा लिएर सोधपुछ गर्दा उनले श्रीमती ब्रेना पटेकै अगाडि आफूले छोरा नीवलाई नदीमा फ्याँकेको स्वीकार गरेका छन् । प्रहरीले आरोपी पिता निशितलाई शुक्रबार अदालतमा पेश गरेको थियो । अदालतले उनलाई ५ दिनको हिरासतमा पठाएको छ । प्रहरीले ५ दिनदेखि नदीमा फ्याँकिएका नाबालकको खोजी गरिरहेको छ तर बालकको कुनै अत्तोपत्तो छैन ।

प्रहरीलाई दिएको बयानमा निशितले निकै आश्चर्यजनक कुरा गरेका छन् । निशित दोस्रो सन्तानको रुपमा छोरी चाहन्थे किनकि उनी चाहँदैनथे कि उनको सम्पत्ति दुई भाग लगाइयोस् । तर जब दोस्रो सन्तान पनि छोरा जन्मिए त्यसपछि निशित चिन्तामा डुब्न थाले । अन्ततः उनको दिमागको नीवको हत्याको योजना जन्मियो ।

पति पत्नीले साना छोरालाई नदी देखाउन भन्दै कारमा बारडोली पुगे । त्यसपछि उनीहरु बाल मन्दिर गए । त्यहाँ भीडभाड देखेपछि उनीहरु कार लिएर नेशनल हाइवे ५३ मा अगाडि बढे । बारडोलीमा नांदीडा गाउँ नजिकै मिंगोली नदीको पुलमा छोरालाई नदीको तीव्र बहाव देखाउन लिएर गए । यस क्रममा नीवलाई चिसो लागेपछि उनलाई प्लाष्टिकको बोरामा बेरे । पति पत्नी छोरालाई लिएर पुलमा गए र पुलबाट तल फ्याँकिदिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com