जहाँ दूध भन्दा महंगोमा बिक्री भइरहेको छ गौमुत्र, यस्तो छ कारण


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

प्राय सबैको घरमा गाई वा भैंसीको दूध हुने गर्छ। बच्चालाई पिलाउन वा चिया बनाउन पनि दूधको प्रयोग गरिन्छ। अहिले बजारमा एक लिटर दूधको करिव ७० रुपैयाँ पर्छ। तर के तपाइँलाई थाहा छ दूध भन्दा पनि महंगो एक चिज छ, जसको बारमो थाहा पाएर तपाइँको होश उड्छ।

आजकल राजस्थानमा दूध होइन बरु गौमुत्र दूध भन्दा पनि महंगोमा बिक्री भइरहेको छ। कतिसम्म भने गौमुत्रकालागि मानिसहरुले मागजति पैसा दिन तयार छन्। केही दिन पहिला गुजरातको जुनागढ कृषि विश्वविद्यालयका वैज्ञानिकले गौमुत्र सेवनबाट क्यान्सरजस्ता रोग निको हुने दाबी थिए। त्यसबाहेक गौमुत्रको प्रयोग घर शुद्ध गर्न पनि गरिन्छ।

वैज्ञानिकको उक्त दाबीपछि राजस्थानमा यतिबेला गौमुत्र भनेजति पैसामा बिक्री भइरहेको छ। मानिसहरु एक लिटर गौमुत्रलाई ५० देखि ७० रुपैयाँसम्ममा किनिरहेका छन्।

महाराणा प्रताव युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजी गौमुत्र किन्नेमा सबैभन्दा अगाडि छ। यो विश्वविद्यालयले प्रति महिना ३०० देखि ५०० लिटर गौमुत्र अग्र्यानिक फार्मिङकालागि किन्ने गरेको छ। यतिबेला गौमुत्र किन्नलाई मानिसहरु लागिपरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com