साउदीमा अलपत्र ३६ नेपालीको अवस्था झनै नाजुक


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

काठमाडौं । कार्यरत कम्पनीले सडकमा निकालिदिएपछि साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था झन् नाजुक बन्दै गएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । सम्झौता अनुसारको काम र दाम नदिएको भन्दै ड्युटी नगएका कारण गत असार ३२ गते सडकमा निकालिएका नेपाली कामदारहरुको अवस्था झन्–झन् नाजुक बन्दै गएको हो ।

समाचारका अनुसार सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै २०७४ फागुन १ गते साउदी अरब पुगेका ३८ मध्ये ३६ नेपाली हाल उद्धारको प्रतिक्षामा बसिरहेका छन् । असार ३२ गते ड्यूटी नगएकामा कम्पनीले झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमै निकालिदिएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com