अमेरिकामा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीले गरे देश बिकासको सहयात्री बन्न आग्रह


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

शिकागो, अमेरिकामा रहेका नेपालीहरुलाई देश बिकासको सहयात्री बन्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आब्हान गर्नुभएको छ । शिकागोमा हुन लागेको नेपाली नेशनल कन्भेशनलाई भिडियो शुभकामना दिनुहुंदै मन्त्री ज्ञवालीले देश बिकासको मार्गमा अगाडि बढ्न लागेकोले बिदेशमा रहेका सबै नेपालीहरुलाई नेपालमा लगानि बढाउन समेत अनुरोध गर्नुभएको छ ।

बिदेशमा रहेका नेपालीहरु देशका लागि दुतहरु भएको बताउंदै मन्त्री ज्ञवालीले बर्तमान सरकार देशमा बिकासका लागि जुटिरहेको समेत प्रस्टाउनुभएको छ । बिदेशमा नेपलीहरुले सिकेको ज्ञान र सिपको बर्तमान सरकारले सदैव उच्च मुल्याकंन गरिरहेको पनि मन्त्री ज्ञवालीले बताउनुभएको छ ।

हरेक बर्ष लेबर डे सप्ताहको अवसरमा अमेरिकामा रहेका नेपालीहरुको पुराना संस्था एन्मा र नासियाले संयुक्त सम्मेलन गर्दै आएकोमा यस बर्ष एएनए पनि मिलेर नेशनल कन्भेशन हुन लागेको हो । एन्मा अध्यक्ष तथा कार्यक्रम संयोजक बाला घिमिरेका अनुसार अगष्ट ३१ देखी सेप्टेम्बर २ सम्म हुने कार्यक्रमका लागि शिकागोमा तिब्र गतिमा तयारी भईरहेको छ ।

युनिटी फर नेप्लीज कम्युनिटी भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा बिभिन्न फोरम तथा सांस्कृतिक कार्यक्रमहरु समेत हुने छन् । नासियाका अध्यक्ष माधव ढकालका अनुसार सम्मेलनमा प्रमोद खरेल, हिमाल सागर जस्ता चर्चित कलाकारहरु आउने पक्का भईसकेको छ भने अन्य कलाकारहरुको पनि छनौट भईरहेको जनाइएको छ । तिन दिन सम्म चल्ने सम्मेलनमा नेपाल सरकारबाट उच्च तहको प्रतिनिधीत्वका साथै अमेरिकामा रहेका नेपाली संघ संस्था र स्थानीय सरकारका प्रतिनिधीहरुको पनि बाक्लो उपस्थिती हुने अपेक्षा गरेको एएनए अध्यक्ष मेदेनी अधिकारीले बताउनुभयो ।

सम्मेलनमा बिभिन्न क्षेत्रका बिज्ञहरुको नेपालको बिकास सम्बन्धी फोरम, समुदायका हितका बिषयका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु हुने गर्दछन् । संयोजक घिमीरेका अनुसार सम्मेलनमै नेपालका चर्चित फिल्मी कलाकारहरुको उपस्थीतीमा फिल्म महोत्सव समेत हुने छ। महोत्सवका लागि सदावहार नायक भुवन केसी लगायत एक दर्जन कलाकारले शिकागोमा आउने पक्का गरिसकेका छन् ।

पारिवारिक जमघटका साथै उपलब्धीमुलक सम्मेलनका लागि आफुहरु स्थानीय संस्थाहरुसंगको सहकार्यमा जुटिरहेको घिमीरेले बताउनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com