नेपालबाट हुने मूर्ति तस्करीबारे अल जजिराको सनसनीपूर्ण रिपोर्ट (भिडियो)


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

नेपालबाट हुने पुरातात्विक महत्वका सामाग्री र सयौं बर्ष पूराना मूर्तीहरुको तस्करीबारे अल जजिराले एक सनसनीपूर्ण भिडियो रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टमा नेपालबाट चोरिएका मूर्ति र पुरातात्विक महत्वका सामाग्रीहरु कसरी विश्वका संग्राहालय र नीजि संग्रहसम्म पुगेका छन् भन्ने देखाइएको छ ।

मूर्तिको तस्करी र कालाबजारीबारे रिपोर्ट तयार गर्न रिपोर्टरले काठमाडौंदेखि मुस्ताङसम्मको यात्रा तय गरेका छन् । भिडियोमा सयौं बर्ष पुराना मूर्तिहरु ७५ लाखदेखि ८० लाखसम्ममा कसरी बिक्रि गरिदैछ भन्ने देखाइएको छ ।

सन् १९८० यता नेपालका हजारौं मूर्ति र पुरातात्विक महत्वका सामाग्रीहरु चोरिएर बेचिएको अधिकारीहरुको अनुमान रहेको छ । नेपालका ८० प्रतिशत पुरातात्विक महत्वका बस्तुहरु चोरिइसकेको र बिक्रिमा हरेक बर्ष ८ बिलियन डलरको कारोबार हुने जनाइएको छ ।

गैरकानुनी रुपमा मूर्तिको ब्यापार गरिरहेका दीपक शाक्यले ब्यापारीले आफूले त्यस्ता मूर्तिहरु न्युयोर्कको रुबिन म्युजियम, क्रिस्टी र सदबिजसँग राम्रो सम्पर्क भएको र मूर्तिहरु सप्लाइ गर्ने गरेको बताएका छन् । तर रुबिन म्युजियम, क्रिस्टी र सदबिजले भने शाक्यको दाबी अस्वीकार गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com