Follow @khasokhasmag

लोकमानको समर्थनमा निस्कियो र्‍याली


प्रकाशित मिति : कार्तिक २९, २०७३ सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावमाथि संसदमा छलफल चल्दै गर्दा उनको समर्थनमा राजधानीमा र्‍याली निकालिएको छ ।

राजधानीको माइतीघरमा उनका समर्थकहरुले अख्तियार प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका संसदमा लगाइएको महाअभियोग प्रस्ताव खारेज गर्न माग गरेका छन् । उक्त समर्थन र्‍यालीमा बच्चादेखि वृद्ध-वृद्धाको समेत सहभागी देखिन्थ्यो ।

उनीहरुले लोकमान जनता तिम्रो साथमा छन्, भ्रष्टचारीलाई कारवाही गर्न खुट्टा नकमाउ, क्यान्टोन्मेन्टको भ्रष्टाचारको मुद्दा दर्ता गर, सम्पति छानबिन अायोग गठन गर लगायतका नारा लगाएका थिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com