डोल्पामा अर्को दुखद खबर : सेनाका जवान ले आफैलाइ गोलि हानेपछि


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

यहाँ नेपाली सेनाका एकजना जवान आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । बिहीबार बिहान ११ बजेतिर ड्युटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले आफैँलाई गोली हान्दा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सुलीर्गाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवनले आफैँले गोली चलाउँदा घाइते भएका हुन् ।

गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पुरै छेडेको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डाक्टर अनुप मंगल समालले जानकारी दिए । उनका अनुसार एक्सिडेण्टल बुलेट केस भएका कारण बिरामीले बोल्न नसक्ने अवस्था छ । डोल्पामा उपचार हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको उनले बताए । ‘अवस्था गम्भीर छ तर काठमाडौँमा उपचार हुन्छ, बिरामीको होस गुमेको छैन ।’

उनले एक पटक गोली चलाएको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्तकाल जिल्ला अस्पतालमा उपचारका लागि लगेर थप उपचारका लागि क्षेत्रबाट हेलिकोप्टरबाट सुर्खेत हुँदै काडमाडौँ लगिएको ।

घटनाबारे अनुसन्धान भइरहेकाले थप कुरा अहिले नै भन्न नसकिने ईश्वरी बक्स गुल्मले जानकारी दिएको छ । घाइते जवानको घर कैलालीको धनगढी हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com