बानेश्वरमा चक्कु प्रहारबाट एक युवको मृत्यु !


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

बानेश्वरमा गए राति चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । दशदेवीनगरमा गएराति सर्लाही हजरीया स्थायि घर भएका २१ बर्षीय पुरुषोत्तम सेढाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । अशोक लिम्बू, रोहित चौधरी र सञ्जय

राईको समूहले सेढाईंको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार, -मंगलबार राति ९ बजेको समयमा बानेश्वरको देवीनगरस्थित मन्दिरमा सेढाईं र उनीहरुको भेट भयो ।

-उनीहरुबीच सामन्य विवाद भयो ।
-तीन जनाको समूहमा रहेकामध्ये एक जनाले नजिकै रहेको कोठाबाट चक्कु लिएर आए ।
-सेढाईंको छातीमा चक्कु प्रहार भयो ।
-र उनको ज्यान गयो ।

तीन जना (लिम्बू, चौधरी र राई) बानेश्वर देवीनगरमा भाडामा (एउटै कोठामा) बस्दै आएका थिए ।

मृतक सेढाईंको निवास(कोठा) उनीहरुको कोठा नजिकै रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएको प्रहरीले राति ११ बजे उक्त घटनामा संलग्न ती जनालाई पक्राउ गरेको जानाएको छ ।

सामान्य विवाद हुँदा सेढाईंले सुरुमा आफूहरुलाई आक्रमणको प्रयास गरेको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरी प्रहरी वृत्त बानेश्वरका डिएसपी रबि पौडेलले रातोपाटीलाई बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com