सय वर्ष पुरानो मूर्तिसहित २ जना पक्राउ


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

प्रहरीले सय वर्ष पुरानो मूर्तिसहित २ जनालाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ढलोटको ८ केजी, ३४ सेन्टिमिटर लामो बालगोपालको मूर्ति विक्री हुँदैछ भन्ने खबरका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाल्पा छहरा गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा कोठो लिएर बस्ने दोलखबहादुर सोमाई र काभ्रे तिमाल स्थायी घर भई ललितपुर बस्दै आएका दिपक मैनाली रहेको प्रहरीले जनाएको छ ।

सोही आधारमा सोमाईको पेरिसडाँडास्थित कोठाबाट मूर्ति बरामद गरिएको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com