भारतले आफ्नै लगानीमा नेपालसम्म जलमार्ग जोडिदिने


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

भारतले आफ्नै लगानीमा स्थलगत जलमार्ग नेपालसम्म जोडिदिने भएको छ ।

‘नेपाल–भारत स्थलगत जलमार्ग’ निर्माणका विषयमा छलफल गर्न आएको भारतीय टोलीले नेपालसम्म नै जलमार्ग निर्माण गर्ने योजनाबारे नेपाली पक्षलाई जानकारी गराएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

भारतको स्थलगत जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रबिर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरूको योजना रहेको जल तथा ऊर्जा आयोगका सहसचिव तथा इनल्यान्ड वाटर वे अध्ययन समितिका संयोजक माधव बेल्वासेले बताए ।

‘भारतीय टोलीले पटनादेखि नेपालको गण्डक ब्यारेज क्षेत्रसम्म नै जलमार्गको विकास गर्ने योजना रहेको जनाएको छ,’ उनले भने, ‘पटनासम्म जलमार्ग विकास सकिएको छ जुन छिटै सञ्चालनमा आउनेछन्, त्यहाँबाट नेपालसम्मै विकास गर्ने योजना रहेको उनीहरूले सुनाए ।’

काठमाडौंमा जारी दुईपक्षीय छलफल सोमबार सकिनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com