दु:खद खबर :- प्यारालाइसिस भएकी आमालाई आफ्नै छोराले पिटी-पिटी मारे [भिडियो सहित हेर्नुहोस ]


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

प्यारालाइसिस भएकी आमालाई आफ्नै छोराले पिटी-पिटी मारे [भिडियो सहित हेर्नुहोस ]

गोरखा – गोरखाका एक व्यक्तिले आफ्नै ६३ वर्षीय आमालाई कुटेर हत्या गरेका छन् ।

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नं. १, सपुङ्गेका ३२ बर्षीय राजेश विश्वले प्यारालाइसिस रोगले थला परेकी आफ्नी आमा बबी विश्वलाई निर्घात कुटपिट गरी हत्या गरेका छन् ।

राजेशकी श्रीमतीका अनुसार असार ७ गते राजेशले श्रीमती र आमालाई कुटपिट गरेका थिए, कुटपिटपछि श्रीमती भागेर आफन्तको मै बसेकी थिइन्, ८ गते बिहान घरमा आउदा आमाको शरीरभरि निलडाम भएको उनले बताईन।

छोराको कुटपिटले थला परेकी आमाको ८ गते राती मृत्यु भएपछि बिहानै आमा बितेको भन्दै राजेश गाउँमा गए । उनीसंगै १७ जना मलामीहरुले शवलाई शदखत गर्न दरौदी किनारमा लगे । अामाको लाश जलाउने तयारी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नियन्त्रणमा लिए । अभियुक्त राजेशसहित १७ जना मलामीहरुलाई समेत नियन्त्रण गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरी हिरासतमा राखिएका मध्ये १२ जना मलामी छुटिसकेको छन् भने अभियुक्त राजेश विश्व सहित ४ जना अझै प्रहरी नियन्त्रणमा रहेका छन् । राजेशकी श्रीमतीले समेत प्रहरीलाई आमा कुटेर हत्या गरेको बयान दिएकी थिईन् ।

आमा मरेपछि घरमा कोही बस्दैन । घरमा राती राती भुतले तर्साएको र आमाको आवाजमा भूत बोल्ने भन्दै उक्त घर बस्न नमिल्ने समेत स्थानीयले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com