२० बर्षपछि फ्रान्सले जित्यो विश्वकप


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

विश्वकप फुटवलमा फ्रान्स विश्वविजेता बनेको छ । क्रोएशियासँगको फाइनल खेलमा चार गोल गर्दै फ्रान्सले विश्वकप जितेको हो । फ्रान्सले यस अगाडि सन् १९९८ मा विश्वकप फुटवल जितेको थियो । त्यसको २० बर्षपछि फ्रान्स फेरी क्रोएशियालाई हराउँदै विश्वविजेता बनेको छ ।

विश्वकप फुटबलको फाइनल खेलको १८ औं मिनेटमा फ्रान्सले क्रोएशियाबिरुद्ध पहिलो गोल गरेको थियो । त्यस लगत्तै क्रोएशियाले २९ औं मिनेटमा गोल फर्काएको थियो ।

खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सले दोश्रो गोल गरेको थियो । खेलको ५९ औं मिनेटमा फ्रान्सले तेश्रो गोल गरेको थियो । त्यस्तै खेलको ६५ औं मिनेटमा युवा खेलाडी एम्बाप्पेले चौथो गोल गरे ।लगत्तै खेलको ६९ औं मिनेटमा क्रोएशियाले दोश्रो गोल गरेपनि थप गोल गर्न सकेन । थपिएको पाँच मिनेटमा पनि क्रोएशियाले कुनै चमत्कार गर्न सकेन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com