सरकारी कार्यालयका साइनबोर्ड अशुद्ध, सच्च्याउन चेतावनी


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

कैयन सरकारी कार्यालयकै साइनबोर्डहरु अशुद्ध रहेको पाइएपछि मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेलले सच्च्याउन चेतावनी दिनुभएको छ । आफ्नो सामाजिक सञ्जालमा अशुद्ध साइनबोर्डहरुको फोटोहरु राख्दै उहाँले नेपाली भाषाको अपमान भएको भन्दै विरोध जनाउनुभएको छ ।

शहरी विकाश तथा भवन निर्माण विभागको साइनबोर्डमा निर्माण शब्द शुद्धसँग लेखिएको छैन भने निवृत्तभरण व्यवस्थापन कार्यालयको साइनबोर्डमा निवृत्तभरण शब्द शुद्धसँग लेखिएको छैन ।

प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेलले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेख्नुभएको छ – ‘यी कार्यालयमा आफ्ना कार्यालयको साइनबोर्डसम्म शुद्ध लेख्न नजान्ने हाकिम र कर्मचारी होलान् त ! यसरी नेपाली भाषाको अपमान गर्ने छुट कसैलाई छैन ।अत : देशभरका सरकारी र गैरसरकारी कार्यालय, विश्वविद्यालय, विद्यालय सबैलाई आफ्ना कार्यालयको साइनबोर्ड तत्काल सच्च्याउन अनुरोध गरिन्छ नत्र हामी यसतर्फ कडाइका साथ लाग्छौँ । हामी तथ्य सङ्कलन गरिरहेका छौँ ।’

 

त्यस्ता अशुद्ध साइनबोर्ड कतै देख्नुभएमा यो लिंकमा क्लिक गरेर तस्वीर पठाउन सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com