विमानस्थलमा महिला पर्यटकले दोस्रो विश्वयुद्धको बम ल्याएपछि….


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

प्रायः मानिसहरूले पर्यटनस्थल जाँदा यादका रूपमा आफूसँग केही न केही सामान ल्याउने गर्छन् । अमेरिकाबाट अस्ट्रिया पुगेकी एक महिला पर्यटकले सोभिनियर ठानेर दोस्रो विश्वयुद्धताकाको एउटा बम लिएर विमानस्थल पुगिन् ।

अस्ट्रियाको भिएना विमानस्थलमा उनले यो बम अधिकारीहरूसमक्ष राख्दा हंगामा मच्चियो ।  अस्ट्रियामा हाइकिङ गर्ने क्रममा उनले बम फेला पारेकी थिइन् । उनले सोधखोज नगरी त्यो बम खुरुक्क झोलामा हालिन् । उनले होटेल पुगेर बम सफा गरिन् ।

त्यसपछि महिला पर्यटक होटलमा सामान प्याकिङ गरेर विमानस्थल पुगिन् । त्यहाँ पुगेपछि उनले निर्दोषिताका साथ विमानस्थलका भन्सार अधिकारीहरूसमक्ष बम राखिन् र त्यसलाई सोभिनियर श्रेणीमा राखेर सँगै लान सकिन्छ भनी सोधिन् ।
बमको जाँच गरेपछि अधिकारीहरूको होश उड्यो । अनि त विमानस्थलमा हंगामा मच्चियो । अधिकारीहरूले तत्कालै बम निष्क्रिय गर्ने टोलीलाई बोलाए । घटनाका कारण विमानस्थलको आगमन र सामानवाला सेक्सन १५ मिनेटका लागि रोकियो । पछि पर्यटक महिलामाथि चार हजार युरोको जरिवाना पनि लगाइयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com