टिचिङमा डाक्टरको ‘नाटक’ : सडकमा ओपीडी, बिरामीलाई सास्ती


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

शुक्रवार दिउँसो १ बजे ।

महाराजगञ्ज शिक्षण अस्पताल टिचिङको टोकन लिने ठाँउमा एक बृद्धा पिल्लर टाँसिएर बसिरहेकी थिइन् ।

खुट्टा सुन्निएका थिए ।

मुख पनि उस्तै सुन्निएको अबस्थामा ।

उनी अर्थात रुकुमकी ५३ बर्षकी अमृति घर्तीमगर  ।

स्वास्थ्य समस्या भएपछि उनी उपचारका लागि सोमवार काठमाडौं आएकी थिइन् ।

आउदावित्तिकै उनले टिचिङको इर्मेजेन्सीमा जचाइन् ।

त्यसैदिन साँझ डाक्टरले अरु परीक्षण गर्न भन्दै अस्पतालबाट घर जान भने ।

उनी माइलो छोरा र छोरीसँगै काठमाडौं आएकी थिइन।

काठमाडौंमा उनको कोही थिएन् ।

गोजीमा धेरै रकम पनि थिएन ।

ह्वीलचियरमा यताउति गर्नुपर्ने भएकाले टाँढा होटल गएर आउन जान पनि कठिन ।

होटल बसाई पनि सम्भव भएन ।

दिउँसो टिचिङमै कहिले कता, कहिले कता गरेर विभिन्न परीक्षण र साँझ अस्पतालकै बाहिर बसाई ।

उनलाई क्यान्सरको आशंका छ ।

तर, रिर्पाेट आएको छैन् ।

जो डाक्टरको भर परेर उनी उपचारका लागि काठमाडौं आएकी थिइन्, तिनै डाक्टर आजबाट हडतालमा छन् ।

उनको उपचार प्रभावित बनेको छ । त्यसो त उनीजस्तै टिचिङमा उपचारका लागि जाने सवै बिरामीको अबस्था यस्तै छ ।

अमेतिको घुडा दुख्ने समस्या छ ।

बङ्गाराको छेउ सुन्नेको छ ।

जिब्रो तल्लोभागमा मासु पलाएको छ ।

रुकुम अस्पतालमा उपचार हुन सकेन ।

त्यसपछि क्यान्सरको आंशका भयो ।

त्यहीँको अस्पतालको सुझावमा उनी टिचिङ अस्पताल आएकी हुन् ।

रुकुम अस्पतालले उनलाई एक महिना अगाडि नै काठमाडौं पुगेर उपचार गर्न सुझाव दिएको थियो ।

तर, छोराले समय निकाल्न सकेनन् ।

सोमवारमात्रै काठमाडौं आए ।

घतीमगर्र दीर्घरोगी हुन ।

आज उनको दन्त परिक्षणको पालो थियो ।

तर, अस्पतालमा चिकित्सक भेटिएनन् ।

अमृतिका छोराले भने, ‘आमालाई डिस्जार्च गरियो । अन्य रिर्पाेट आउन बाँकी नै थियो । राती पनि यही अस्पतालको बिरामी पर्खने ठाँउमा बस्छौँ ।’

उनका छोराले भने ‘यहाँ आाए देखिनै समयमा डाक्टर भेटेका छैनौँ । रुकुमदेखि काठमाडांैमा उपचार गर्न ल्यायौँ । आएको ५ दिन भयो तर, भएको के हो, उपचारको लागि कुन प्रोसेस चाल्नु पर्ने हो भन्ने जानकारी दिएका छैनन् ।’

डाक्टर गोविन्द केसीको माग समर्थन गर्दे आवासीय  चिकित्सकले ओपिडि सेवा बन्दा गर्दा ५३ वर्षकी अमृतिलाइ रुकुमजस्तै लागेको छ, काठमाडौं ।

यता अस्पताल प्रशासनले भने नयाँ चिकित्सकले आन्दोलन गरे पनि सिनियर चिकित्सक नागरिकको सेवामा खटेको दावी गरेको छ । अस्पताल प्रशासनले ५० प्रतिशत मात्रै सेवा सञ्चालन गरेको सूचना टाँस गरेको छ ।

अस्पताल छाडेर सडकमा ओपिडी सेवा 

नेसनल रेसिडेन्ट डाक्टर एसोसिएसले भने आजदेखि मण्डलमा सांकेतिक आन्दोलन स्वरुप ओपिडी सेवा संचालन गरेको छ ।

एसोसिएसले माग सम्बोधन नभएसम्म मण्डलामा ओपिडी सेवा संचालन गरिने जनाएको छ ।

छात्रवृत्ति पाएर स्नातकोतर तह अध्ययन गर्दै आएका एमबीबीएस,एमडीरएमएस र डीएमरएमसीएच अध्ययनसँगै सेवा सुरु गरेका सबै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन ।

स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति परिचालन निर्देशिका २०७५ मा छात्रवृत्तिमा अध्ययनरत चिकित्सकहरूले दूर्गम र सुगम क्षेत्रमा गरी ५ वर्ष सेवा गर्नुपर्ने सरकारको नियम छ ।

यता नेसनल रेसिडेन्ट डाक्टर एसोसिएसनले भने छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सको समय ५ वर्षबाट २ वर्षमा झार्नुपर्ने माग राखेका छन ।

अध्यक्ष डाक्टर सुमित पाण्डेले आफ्नो माग सम्बोधन नगरे अझै कडा रुपमा प्रस्तुत हुने बताए ।

Ratopati

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com