रुकुममा फेरि गाडी दुर्घटना, ठुलो मानवीय क्षति


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ घाईते भएका छन् ।

सदरमुकाम सल्लेबाट खलंगातर्फ आउँदै गरेको सल्यान रुकुम यातायात समितिको ना ४ ख ६५१० नम्बरको बस दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी ६० मिटर तल खसेको बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

मृतक र घाईतेहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

८ जना घाईतेहरुलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि पु्¥याईएको छ भने अन्य घाईतेहरुको उद्धार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु उद्धारको खटिएको बताइएको छ ।

धनी बन्न चाहनुहुन्छ ? यी १० गल्ति नगर्नुहाेस्

धनको दुःखबाट मुक्त गर्न चहानुहुन्छ भने यी १० गल्ति नगर्नुहोस् :

१. महिलासँग दूश्मनी नलिनुहोस् । सन् २०१६ को सुरुवात शुक्रबारबाट हुँदैछ । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।

२. देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ ।

तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

३. यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।

४. जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसाग छलफल गरेर मात्रै फैसला गर्नुहोस् ।

५. विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् । विहान उठेर दुवै हात जोडेर देवी लक्षिमको ध्यान गर्नुहोस् ।

६. गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । बुधबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।

७. बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।

८. शनिबारको दिन मदिरा सेवनबाट जोगिनुहोस् ।

९. सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा लक्ष्मिको प्रवेश हुने विश्वास छ ।

१०. परिवारमा बहिनी र छोरीलाई अपशब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com