राजधानीका पिउने पानीमा कोलिफार्म पाइएपछि राष्ट्रपति पिउँछिन् रसुवामा उत्पादित महँगो ‘अन टप’ पानी


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

राजधानीका पिउने पानीमा कोलिफार्म पाइएपछि राष्ट्रपति पिउँछिन् रसुवामा उत्पादित महँगो ‘अन टप’ पानी

काठमाडौं, २८ असार । चर्चित व्यवसायी अजेयराज सुमार्गीको हिमालयज स्प्रिङ वाटर कम्पनीबाट उत्पादित खानेपानी विदेशमा निर्यात हुँदै आएको छ । नेपालका ठूल्ठूला मार्केट र पाँचतारे होटलमा मात्रै सुमार्गीको कम्पनीले उत्पादन गरेका पानी पाइन्छ ।

हिमालयज स्प्रिङले ९००, ३५० र ५०० मिलिलिटरको बोतल बजारमा पठाएको छ । खासगरी दक्षिण कोरिया, खाडी मुलुकमा हिमालयज स्प्रिङ कम्पनीबाट उत्पादित ‘अन टप’ पानी निर्यात हुँदै आएको छ । ९०० मिलिलिटर बराबरको बोतलको न्यूनतम बजार मूल्य ८० रुपैयाँ पर्छ । रसुवा सदरमुकाम धुन्चेभन्दा तीन किलोमिटर उचाइमा रहेको हिमाली मूलबाट गुणस्तरीय पाइपलाइनबाट कारखानासम्म पानी ल्याई चार चरणमा प्रशोधन गरी ‘अन टप’ पानी उत्पादन हुँदै आएको छ । सोही कारण यो पानी निकै शुद्ध मानिन्छ ।

नेपालमा विदेशी कूटनीतिक नियोगलगायतका ठाउँमा उच्च गुणस्तरको विदेशी पानी आयात हुँदै आएकोमा ‘अन टप’ ले त्यसलाई प्रतिस्थापन गरेर रकम विदेशिनबाट जोगिएको कम्पनीको दाबी छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले राजधानीमा बिक्री हुने विभिन्न ५० ब्रान्डका पानीमध्ये ९० प्रतिशत पानीमा दिसामा पाइने कोलिफर्म तथा २७ प्रतिशत पानीमा दिसामै पाइने अर्को घातक जीवाणु इकोलाई रहेको पाइएको थियो । जसका कारण राष्ट्रपति कार्यालयले अहिले व्यापारी सुमार्गीको कम्पनी हिमालयज स्प्रिङ वाटरबाट उत्पादित ‘अन टप’ प्रयोग गर्ने गरेको बताइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खाना पकाउने र पिउने दुवैमा ‘अन टप’ पानी प्रयोग गर्न निर्देशन दिएको स्रोतले बताएको छ । ९०० मिलिलिटरको बोतलको ८० रुपैयाँ पर्छ । दिनमा दुई दर्जन पानीको बोतल सकिएमा दैनिक दुई हजार रुपैयाँभन्दा बढी ‘अन टप’ पानीकै लागि राष्ट्रपति कार्यालयले खर्च गर्ने गरेको देखिन्छ । यसले मासिक ६० हजारभन्दा बढी खानेपानीकै लागि राष्ट्रपति भण्डारीले खर्च गर्दै आएको देखिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com