ट्रम्पले भन्दा धेरै मत ल्याएर पनि हारिन् हिलारी, प्रणालीमा प्रश्न


प्रकाशित मिति : कार्तिक २६, २०७३ शुक्रबार

अमेरिकी राष्ट्रपतिको चुनावमा धेरै मतदाताहरु डेमोक्रेटिक उम्मेदवार हिलारीको पक्षमा हुँदाहुँदै पनि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेका छन् ।

अमेरिकी इतिहासमा हार्ने उम्मेदवारले भन्दा कम मत ल्याएर कोही व्यक्ति राष्ट्रपति बनेको यो दोश्रो पटक हो । यसअगाडि सन् २००० को चुनावमा डेमोक्रेटिक पार्टीले उम्मेदवार अल गोरेलेपनि जर्ज बुसले भन्दा ५ लाख बढी मत ल्याएर समेत हारेका थिए ।

इलेक्टोरल मत प्रणालीका कारण धेरै मत ल्याउँदा ल्याउँदैपनि हिलारीले चुनाव हारेकी हुन् । वर्तमान प्रणालीमा धेरै मत ल्याउनेले समेत हार्न सक्ने भएका कारण अमेरिकामा इलेक्टोरल मत प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन हुनुपर्ने आवाज उठ्न थालेको छ ।

चुनावमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले कुल खसेको मतको ४७ दशमलव ६ प्रतिशत अर्थात् ६ करोड ५ लाख ५६ हजार १ सय ४२ मत ल्याएकी छिन् भने उनलाई जित्ने डोनाल्ड ट्रम्पले ४७ दशमलव ३ प्रतिशत अर्थात् ६ करोड १ लाख १६ हजार २ सय ४० मत ल्याएका छन् । अर्थात् हिलारीले भन्दा झण्डै साढे ४ लाख कम मत ल्याएर पनि ट्रम्पले चुनाव जितेका छन् ।

यदि तपाई अमेरिकामा धेरै मत ल्याउनेले जित्नुपर्ने प्रणालीको पक्षमा हुनुहुन्छ यहाँ क्लिक गरेर हस्ताक्षर गर्न सक्नुहुनेछ ।

यसरी कम मत ल्याएर पनि ट्रम्पले जितेपछि इलेक्टोरल कलेज खारेजी र हिलारीलाई राष्ट्रपति घोषणा गरिनुपर्ने माग गर्दै अमेरिकामा हस्ताक्षर अभियानहरु चलाइएको छ ।

#डोनाल्डट्रम्प #हिलारीक्लिन्टन #अमेरिकीराष्ट्रपति #अमेरिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com