पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com