टिपर दुर्घटनामा लोग्ने मारिएपछि,पाँच वर्षीय छोरा लिएर टोलाइरहेकी लीला भन्छिन म रुनु पनि सक्दिन [भिडियो हेर्नुहोस ]


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए ।पढ्नुपर्छ भनेर अर्ती दिने पनि कोही भएनन् । गाउँघरमा रीति नै यस्तै थियो बैंस नआउँदै बिहे गरिहाल्नुपर्ने । आठ कक्षामा पढ्दा १५ वर्षको उमेरमा बिहे गरेकी २१ वर्षीया लीला रोकाको यतिबेला सिन्दूर पुछिएको छ । गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा उनका २३ वर्षीय पति राष्ट्रे रोका मारिएपछि उनका लागि संसार अँध्यारो बनेको छ । पाँच वर्षीय छोरा साथमा लिएर टोलाइरहेकी छन् लीला।

‘म १५ वर्षकी थिएँ, उहाँ १७ वर्षका हुनुहुन्थ्यो । पढ्दापढ्दै बिहे गरियो । एक वर्षमा छोरो जन्मियो । आयस्रोत केही नाइँ । बुवा, आमा, भाइ, म अनि छोरो पाल्ने सोचमा उहाँ विदेश जानुभो । मलेसिया गएको तीन वर्षमा फर्कनुभो’, लीलाले विगत सुनाइन्, ‘ऋण गरेर विदेश कमाउन गएको उतै बिरामी पर्नु भएछ । पैसा नकमाएरै फर्किनुभो ।’ दुर्घटनामा पतिसहित जेठाजु, देवर र आमाजू गुमाएकी लीलाको काँधमा अब सासूससुरा र पाँच वर्षको छोराको जिम्मेवारी थपिएको छ । भिडियो हेर्नुहोस

https://youtu.be/59m4qWSglrU

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com