आमाबुबा गुमाएका बालबालिकालाई शिक्षा सहयोग


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ ।

सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस बोर्डिङ स्कूलमा १ देखि १० कक्षासम्म अध्ययनको व्यवस्था मिलाएको हो ।

यसैगरी, सोही समुदायकी युवती खुशी चिडिमारको बिबीए अध्ययनका लागि वडा नं १२ को कार्यालयले रु ५० हजार नगद सहयोग उपलब्ध गराएको अध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो ।

यसैगरी आमाबुबा गुमाएका पाँच जना बालबालिकाका परिवारलाई सो वडा कार्यालयले एक महिनालाई पुग्ने चामल, दाल, तेल, नून, चाउचाउलगायतका खाद्यान्न सामग्रीसमेत उपलब्ध गराएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com