तुइन हटाएर झोलुङ्गे पुल नबने केबलकार बन्छ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूले चार महिनाको अवधिमा थुप्रै काम गरिसकेको बताउनुभयो । ‘चार महिनाको अवधिमा कति काम गर्न सकिन्छ रु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्टे अर्डरले पनि हैरान पारेको छ । सम्मानित अदालतका फैसला मान्नै पर्यो । त्यसले पनि केही ढिलो पारेको छ ।’ प्रधानमन्त्री ओलीले आफूले सोचेजस्तो छिटो समयमा काम गर्न विभिन्न बाधा, अड्चनले नदिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बजारमा बिचौलियाले अनुचित लाभ लिएर उपभोक्ता र उत्पादक ठग्ने परम्पराको अन्त्य गर्ने बताउनुभयो । ‘उपभोक्ता र उत्पादकलाई मारमा पार्ने बिचौलियासँग होसियार हुन आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी उचित तरिकाले त्यसलाई सम्बोधन गर्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारले योजना अनुसार काम गर्ने बताउनुभयो । उहाँले विज्ञहरुले बनाएको योजना अनुसार सरकारले काम गर्ने बताउनुभयो । ‘हामी पन्ध्रौँ योजना बनाउने तयारीमा लागिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विज्ञ खै भनेर सोध्नुभएको छ रु योजना आयोग विज्ञहरु भएकै निकाय हो र यसले प्रभावकारी काम गर्ने छ ।’

सांसदहरुले योजना आयोगमा भूगोल अनुसारको विज्ञ नराखेको प्रश्नको जवाफ दिँदै ओलीले सबै विज्ञले भूगोल बुझेको बताउनुभयो । प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीतिर लक्षित गर्दै  भन्नुभयो, ‘कोही–कोही कस्ता भाग्यमानीको हुन्छन् भने जुम्ला जाँदा उधुम मचिन्छ र कोही गएको पनि थाहा हुँदैन । कतिले प्रचार गरेर हिँड्छन । कतिले गर्दैनन् । त्यसैले भूगोल बुझेका विज्ञ योजना आयोगमा छैन भन्ने कुरा सत्य होइन ।’ प्रधानमन्त्री ओलीले नेपालमा फर्मुला अनुसारको संघीयता भन्दा आफ्नै मोडेलको संघीयता अनुसार विकास गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले तुइन भएका सबै ठाउँमा झोलुङ्गे पुल बन्ने जिकीर गर्नुभयो । ‘१६ वटा स्थानमा तुइन हटाउन नसक्ने प्राविधिकले बताएका छन्, ती ठाउँमा पनि झोलुङ्गे पुल बन्छ, झोलुङ्गे पुल नबने कि पक्की पुल बन्छ कि केबलकार स्थापना हुन्छ’, ओलीले भन्नुभयो, दुईवर्ष अघि खिचेका फोटा देखाएर सरकारको विरोध गर्नुको औचित्य छैन ।’

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि, प्रशोधन केन्द्र, उद्योग स्थापना, व्यापार, शिक्षा, स्वास्थ्य मार्फत रोजगार स्थापनामा सरकारले काम गर्ने बताउनुभयो । ‘अहिलेको सरकारले गरिबी हटाएर छोड्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल जस्तो देशमा खाना नपाएर कोही मर्ने छैन ।’

प्रधानमन्त्री ओलीले आफू भष्ट्राचार नसहने भएकाले देश छिट्टै समृद्ध हुने आश्वासन दिनुभयो । उहाँले सुखी नेपाली र समृद्ध नेपालको सपना चाँडै पूरा हुने बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com