उपभोक्ता समितीका पदाधिकारीलार्य बोलाएर कमिशन माग्दै गरेको अवस्थामा होटलबाट मेयरसहित पाँच पक्राउ


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

गढीमाई नगरपालिकाको मेयरसहित पाँच कर्मचारी पक्राउ परेका छन्। होटलको कोठा भाडामा लिएर विभिन्न योजनाको भुक्तानी दिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

मेयर श्यामप्रसाद यादव, प्रमुख कार्यकारी अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायव सुब्बा करपुरी ठाकुर, कार्यालय सहायक अजयकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चन्द्रनिगाहपुरस्थित एक होटलमा कोठा लिएर बिहानैदेखि उपभोक्ता समितीका पदाधिकारीलार्य बोलाएर कमिशन माग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको दाबी प्रहरीको छ।  गोप्य सूचनाको आधारमा जिल्ला प्रशासनले प्रहरी खटाएको थियो।

उनीहरुको साथबाट प्रहरीले चेकबुकलगायत अन्य विभिन्न काजजात बरामद गरेको छ। मेयर गुप्ताले कुनै अनियमितता नगरेको बताउदै आफू हेटांैडा जाने क्रममा कार्यकारी प्रमुखले बोलाएर होटलमा गएको बताएका छन्।

कर्मचारीले भने कार्यालयमा भिड भएकाले कर्मचारीको तलबको चेक होटलमा बसेर काटेको बताएका छन्। होटलमा बसेका केही कर्मचारीले भने नगरपरिषदको तयारीका लागि होटलमा बैठक बसेको दाबी गरेका छन्। 

मेयरसहित कर्मचारी पक्राउ परेको होटल गढीमाई नगरपालिकाको कार्यालय भन्दा  ३० किलोमिटर टाढा छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com