कृष्ण पहाडीसहित २५ मानवअधिकारकर्मी पक्राउ


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्ना स्थलबाट प्रहरीले २५ जना शान्तिवादीहरुलाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो धर्ना प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेलसहित २५ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।
प्रदर्शनकारीले स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com