प्रचण्डलाई किम जोङ उन को निमन्त्रणा


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तर कोरियाले निमन्त्रणा गरेको छ ।

त्यहाँको सत्तारुढ वर्कर्स पार्टीले प्रचण्डलाई भ्रमणका लागि औंपचारिक निमन्त्रणा दिएको हो । नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा २४ भदौका लागि निमन्त्रणा गरेका हुन् ।

‘उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षको अवसरमा अध्यक्ष प्रचण्डलाई आगामी २४ भदौमा उत्तर कोरियाको भ्रमणका लागि औपचारिक निम्तापत्र हस्तान्तरण गर्नुभयो,’ प्रचण्डको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख भएको नयाँपत्रिका दैनिकले लेखेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com