प्रधानमन्न्री बोल्न खोज्दा पनि बोल्न नसक्ने अवस्थामा डा.केसी !


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ ।

प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन ।

सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा. केसीको स्वास्थ्यमा समस्या आएपछि कुराकानी हुन नसकेको उनका आफन्त किशोर केसीले बताए । ‘डा। केसीसँग प्रधानमन्त्रीले केही कुरा गर्न चाहनुभएको थियो,’ उनले भने, ‘तर उहाँ बोल्न नसक्ने भएपछि मैले फोनबाट कुरा गर्न नसक्ने बताए ।’

डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । केसीको अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा। प्रवीण गिरीले बताए ।

‘अहिले पिसाबका लागि शौचालयसम्म जान सक्ने अवस्था छैन,’ उनले भने, ‘अवस्था जटिल भए पनि अत्यावश्यक औषधिसमेत लिन मान्नुभएको छैन ।’ उनलाई अक्सिजन र स्लाइनबाहेक अरू औषधि नदिइएको उनको भनाइ छ ।,यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com