प्रधानमन्त्री ओली- मलाई शक्तिशाली बन्नु छैन


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

प्रधानमन्त्री केपी ओलीले राज्यका शक्तिहरु केन्द्रीत गरेर अाफू शक्तिशाली कहलिन नखाेजेकाे बताएका छन् । उनले साेमबार राष्ट्रिय सभाका सांसदले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले मितव्यीतालाई पहिलो प्राथमिकतामा बताउँदै अाेलीले प्रधानमन्त्रीले शक्ति केन्द्रीकरणा गर्न खाेजेकाे विपक्षीकाे अाराेपमा खण्डन पनि गरे ।

यसअघि प्रधानमन्त्रीले धेरै सरकारी निकाय प्रधानमन्त्री मातहतमा किन ल्याउनुभयो भन्ने सांसदहरुको प्रश्नमा पञ्चायतकालमा सानो कुरामा पनि जनमत संग्रहको चर्चा भएजसरी अहिले जे कुरामा पनि ‘अधिनायकबाद’को चर्चा हुने गरेको बताए ।

कार्यलयहरु प्रधानमन्त्री कार्यालयमा ल्याउनुको अर्थ देशलाई विकासको गति दिन र छिटो छरितो ढंगले काम गर्न त्यसो गर्नुपरेको प्रष्टिकरण दिए । उनले भने, ‘अलि बढि हल्ला गर्न थालिएको छ ।’
उनले राष्ट्रिय अनुसन्धन विभागलाई भ्रष्टाचार निर्मुल र प्रभावकारी परिचालनका लागि प्रधानमन्त्री कार्यलयमातहत ल्याएको बताए । खर्चका सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले कार्यलयमातहत छुट्याएको बजेट ठुलो देखिएपनि प्रधानमन्त्रीको कार्यालयले खर्च गर्ने नभई तिनै कार्यलयले गर्ने पनि बताए ।

‘अहिले सरकारले मितव्ययीताको नीति अपनाएको छ, खर्च बढि गर्दैन ।’ प्रधानमन्त्रीले आफुले बालुवाटारमा दुध चिनी नहालेको चिया खाने गरेको माननीयहरुले नै देखेको भन्दै यो पनि मितव्ययीता भएको दावी गरे ।

उनले जनतालाई मार्कामा पार्ने र लाभ लिनेहरुलाई नछोड्ने भन्दै अपराध गर्नेलाई दण्डित गरेरै छाड्ने बताए । कानुनको उल्घन गरेमा, राज्य जनतालाई ठगेमा, भ्रष्टाचार गरे दण्डित गरिन्छ । राम्रो काम गर्नेलाई पुरस्कृत गरिन्छ’ भ्रष्टाचारका विरुद्ध कुनै सम्झौता नगर्ने ओलीले प्रश्ट पारे ।

कुनैपनि किसिमका दवावबाट बेठिक काम सरकारले कनै निर्णय या काम नगर्ने प्रधानमन्त्री ओलीले दोहोर्याए । शक्ति आवधिक हुने भन्दै उनले अहंकार, अनुचित दवावलाई सरकारले मार्गदर्शक वा बाध्यताका रुपमा नलिने बताए । ‘सत्यको मार्गमा हिड्न र नछोड्न सरकार दृढ छ । कुनैपनि तह र तप्कामा हुने भ्रष्टचार र भ्रष्टाचारीलाई कारवाही गर्न सरकार दृढ रहेको बताए । उनले सरकारको चार महिने अवधि धेरै नभएको भन्दै यो समयमा सरकारले धेरै सकारात्मक र राम्रा कामहरुको सुरुवात गरेको दावी गरे ।

सडकका खाल्डाखुल्डी पुरिन्छ

प्रधानमन्त्री ओलीले काठमाडौका सडकमा भएका खाल्डाखुल्डी चाडै पुरिने पनि बताएका छन् । उनले अदालतको स्टे अर्डरले सडकका काममा केही असहज भएको भएपनि सरकारले त्यस्ता खाल्डाखुल्डी छिट्टै पुरिने बताए ।

उनले राष्ट्रिय योजना आयोगका सदस्यहरुमाथि सांसदहरुले उठाएका प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको वायोडाटा (सीवी) हेर्न सुझाव दिए । उनले योजना आयोगमा आएका व्यक्तिहरु धेरै अनुभव र विज्ञता भएको भएपनि प्रचार गर्न नजानेको मात्रै बताए । उनले अनतरमन्त्राालय समन्वय अभावमा सडक विजुलीलगायतका काम बनाउने र भत्काउने गरेकोप्रति सांसदहरुले दिएको सुझाव सकारात्मक भएको भन्दै अव त्यस्ता काम एकीकृत ढंगले गर्ने सरकारको तयारी भएको बताए ।

विकासमा सन्तुलन र रोजगारी

प्रधानमन्त्री ओलीले पहाड लगायतका विकासमा वाधक भएका स्थानमा एकीकृत ढंगले अघि बढ्न लागेको बताए । ‘असुरक्षित, छरिएका वस्तीलाई एकीकृत र व्यवस्थित बनाउने विधि अपनाइदैछ ।’ प्रधानमन्त्रीले रोजगारी दिने सरकारको योजनाप्रति आशंका गरेको प्रश्नमा उनले सरकारले असम्भव खालकै काम गर्ने बताए ‘हामी अलि असम्भव खालकै काम गर्छौ’ ओलीले भने ।

उनले यसअघि आफु पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्न थालेको प्रयासले अहिले तिव्रता पाएको भन्दै उनले अव एउटा पनि तुइन नरहने दोहोर्याए । ‘तुइन विस्थापन फलामको डोरी विस्थापन मात्रै होइन, जनताको पछौटेपनको विस्थापन हो । ९५ वटा तुइन हटेपनि मन्त्रालयहरुले प्रचार गर्न नसक्दा पहिलेका तुइनको फोटो खिचेर विपक्षीले उडाएका छन्’ प्रधानमन्त्री ओलीले मन्त्रालयप्रति असन्तुष्टि जनाए ।

उनले धेरै विकासका काम गर्नुपर्ने सरकारको जिम्मेवारी रहेको भन्दै खेतका आलीमा साइकल चढ्नेहरुले अव ठुलठुला राजमार्गमा नै साइकल चलाउन पाउने भन्दै त्यसका लागि केही समय पर्खन आग्ह गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com