बजेट सन्तुलित छ: अर्थमन्त्री डा खतिवडा


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिँदै उहाँले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको बाँडफाँड एवं स्रोत परिचालनमा सन्तुलन कायम गरिएको बताउनुभयो ।

अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “बजेट उपयुक्त आकारको छ । प्रादेशिक तवरले बजेट सन्तुलित छ । भूगोलको आधारमा बजेट दिएको छैन । सत्तरी प्रतिशत जनसंख्या र बाँकी प्रतिशत अन्य क्षेत्रलाई दिएर सन्तुलन कायम गरिएको छ ।” उहाँले सबैलाई सन्तुलित हुने गरी बजेट आएकाले त्यसलाई सोहीअनुसार बुझिदिन आग्रह गर्नुभयो ।

संघीय संरचनाअनुसार तयार भएका ७६१ वटा सरकारले ल्याएका बजेटलाई हेर्ने हो भने विनियोजित रु १३ खर्ब १५ खर्ब १६ करोडको बजेट सही आकारको भएको भन्दै उहाँले प्रदेशसहितको बजेटलाई ध्यान दिन आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालू आयोजनाको हकमा संघमा भए पनि तल क्षमता विकास हुँदै जाँदा हस्तान्तरण गरिने जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले संघको कार्यक्रम अन्ततः स्थानीय तहमार्फत नै सञ्चालन हुने भएकाले साझेदारी स्थानीयरुपमा जानुपर्ने बताउनुभयो ।

उहाँका अनुसार शिक्षा र कृषिमा प्रदेशमा कति अधिकार दिएको भन्नेबारे ७६१ वटा सरकारमा खोजियो भने प्रष्ट हुन सकिन्छ । त्यसैगरी कृषि क्षेत्रमा पनि सिँचाइ, वन वातावरणलगायत क्षेत्रबाट हेर्ने हो भने कृषिका लागि पर्याप्त बजेट छ ।

विज्ञ समूह खास प्रयोजनका लागि तयार गरिएको भन्दै त्यसको औचित्यका आधारमा अगाडि बढाइने बताउँदै अर्थमन्त्री डा खतिवडाले चौमासिक निकासाका कारण बजेट कार्यान्वयन नभएको र प्रणालीगत कारणले समस्या भएको जानकारी दिनुभयो ।

घोषणापत्र, नीति कार्यक्रम र बजेटका बीचमा तालमेल नमिलेको भन्ने सांसदको प्रश्नमा उहाँले त्यसलाई सम्बोधन गरेर अगाडि बढेको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले बजेट कार्यान्वयनमा समस्या, खरिद ऐनमा समस्या तथा निर्माण व्यवसायीलाई जिम्मेवार बनाउनेजस्ता विषयमा सरकार जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com