मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख दिने गृहमन्त्रीको घोषणा


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

असार २२ गते मुस्ताङमा भएको दुर्घटनामा परि मृत्यु भएका २० जना श्रमिकका परिवारलाई सरकारले प्रतिव्यक्ति ५ लाख रुपैयाँ राहात दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी दिदै मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् ।

लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर ट्रिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनाःथलमै मृत्यु भएको थियो । बैठकमा गृहमन्त्री थापाले घटनापछि १२ जना घाइतेको मणिपाल अस्पतालमा उपचार भइरहेको पनि जानकारी दिए । उनले घाइतेहरु खतरामुक्त रहेको पनि जानकारी दिए ।

मृतकको शव सम्बन्धित जिल्लामा नै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने प्रयोजनका लागि सेनाको एमआइ हेलिकप्टरको व्यवस्था मिलाएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com