सरकारकाे कमाइ लक्ष्यभन्दा ६८ अर्ब कम


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

चालू आर्थिक वर्षमा सरकारले लक्ष्यभन्दा न्यून आम्दानी गरेको छ।

आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले ७ खर्ब ३० अर्बभन्दा बढी राजस्व उठाउने लक्ष राखेकोमा असार २० गतेसम्म ६ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ मात्र राजस्व असुली भएको छ।

महालेखा नियन्त्रणको कार्यालयका अनुसार आर्थिक वर्ष सकिन एक हप्ता बाँकी रहँदा लक्ष्यभन्दा ६७ अर्ब कम राजस्व उठेको जनाएको हो।

चालू आवको लागि सरकार ५ खर्ब बढी रकममा विदेशी आनुदान र ऋणको भर परेको थियो। चालू आवको लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ विनियोजन भएको थियो।

चालू आवको जिल्लागत आम्दानी हेर्दा सबैभन्दा बढि पर्सा जिल्लाको देखिएको छ। पर्सा जिल्लाको हालसम्मको आम्दानी नै १ खर्ब ५५ अर्ब देखिएको छ। त्यसपछि रुपन्देशी जिल्लाको आम्दानी दास्रो देखिएको छ। रुपन्देही जिल्लाले चालू आवको हालसम्म ८७ अर्ब रुपैंया देखिएको छ। त्यसै गरी कैलाली जिल्लाको आम्दानी तेस्रो रहेको छ। कैलाली जिल्लाको आम्दानी हालसम्म ७६ अर्ब रुपैंया रहेको छ। त्यस्तै मेरङको हालसम्मको आम्दानी ६३ अर्ब रुपैयाँ रहेको छ। यी जिल्लाको आमम्दानी बढी हुनुमा भारतीय नाकाहरु प्रमुख रहेको देखिएको छ।

पर्सा जिल्लाको वीरगन्ज नाका, रुपन्देही जिल्ला भैरहवा नाका, माेरङको विराटनगर नाका एवं कैलालीको गौरिफन्टा नाकाका कारण ती जिल्लाको कमाइ बढी भएको हो। आगामी आवको लागि भने सरकारले विनियोजन गरेको कुल बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ रहेकोमा राजस्व लक्ष्य ८ अर्ब ३१ अर्ब छ। बाँकी रकममा भने सरकार अनुदान र ऋणको नै भर परेको हो।

आगामी आवको लागि सरकारले सार्वजनिक गरेको बजेट कुल पुँजीगत तथा विकास खर्च ३ खर्ब १३ अर्ब तोकिएको छ। कुल चालु तथा नियमित खर्चको लागि ८ खर्ब ४५ अर्ब वित्तीय व्यस्थापनको लागि १ खर्ब ५५ अर्ब विनियोजन भएको छ। राजश्व अनुमान तथा आन्तरिक आम्दानी ८ खर्ब ३१ अर्ब छ। विदेशी अनुदान ५८ अर्ब, विदेशी ऋण २ खर्ब ५३ अर्ब, आन्तरिक ऋण १ खर्ब ७२ अर्ब उठाउने गत जेठ १५ मा सरकारले सार्वजनिक गरेको बजेटमा उल्लेख छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com