दक्षिण कोरियाली राष्ट्रपति ४ दिने भ्रमणका लागि आज भारत अाउँदै


प्रकाशित मिति : असार २४, २०७५ आईतबार

दक्षिण कोरियाली राष्ट्रपति मून जे इन अाज (आइतबार) चारदिने भ्रमणका लागि भारत आउँदै छन् । राष्ट्रपति मून जेको याे पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा द्विपक्षीय हित, क्षेत्रीय र वैश्विक मुद्दाहरूमा भारतीय उच्च नेतृत्वसँग छलफल हुने जनाइएकाे छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे जुलाई ८ देखि ११ सम्म भारत भ्रमणमा रहनेछन् । काेरियाली मन्त्रीमण्डका सदस्यहरू व्यवसायीहरूको टोली समेत उनीसँगै भारत आउँदै छन् । ९ जुलाईमा उनले भारतीय उपराष्ट्रपति वेंकयाया नायडू र विदेशमन्त्री सुषमा स्वराजसंग भेट्ने कार्यक्रम छ । साेही दिन उनले भारत-कोरिया बिजनेस फोरमको कार्यक्रममा भाग लिनेछन् । साथै साेही दिन प्रधानमन्त्री नरेद्र मोदीलार्इ भेट्ने र उनीसँगै महात्मा गान्धीको समाधिस्थलमा श्रद्धार्पण गर्ने कार्यक्रम रहेकाे छ ।

मुनले प्रधानमन्त्री मोदीसंग १० जुलार्इका दिन हैदराबाद हाउसमा विशेष बैठक गर्नेछन् । यस क्रममा दुर्इ देशबीच केही महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएकाे छ । साेही साँझ राष्ट्रपति रामनाथ कोविन्दले मुनकाे सम्मानमा रात्रिभाेज दिनेछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी यसअघि सन् २०१५ मा दक्षिण कोरियाको राजधानी पुगेका थिए । जसमा दुई देशहरु बीच विशेष रणनीतिक साझेदारीमा जोड दिने सहमति भएकाे थियाे । दक्षिण कोरियाले सन् १९७३ मा भारतसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापित गरेकाे हाे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com