पाकिस्तानमा विधानसभाका लागि पहिलाेपल्ट ‘हिन्दू’ महिला चुनाव लड्दै !


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

मुस्लिमबहुल देश पाकिस्तानमा पहिलाेपल्ट एक हिन्दू अल्पसंख्यक समुदायकी महिला चुनाव लड्दै छिन् । पाकिस्तानकाे सिंध प्रांतबाट ती महिला यही जुलार्इ २५ मा हुने प्रांतीय विधानसभा चुनावमा उम्मेद्वार बन्न लागेकाे खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

स्वतन्त्र उम्मेद्वारका लागि दाबेदार सुनीता परमार

महिलाका लागि जहिल्यै अनुदार मानिने देश पाकिस्तानमा त्याे पनि अल्पसंख्यक हिन्दू महिलाले चुनाव लड्ने हिम्मत गर्नुलार्इ एेतिहासि रूपमा हेरिएकाे छ । कट्टर मुस्लिम समुदायमाझ बाँच्न अल्पसंख्यक हिन्दूहरूलार्इ बहुत मुश्किल रहेकाे बताइन्छ । कैयाैं पटक ती हिन्दू समुदायका महिलालार्इ अपहरण गर्ने र धर्म परिवर्तनका लागि बाध्य बनाउने, जबरजस्ती विवाह गराउने समेत घटनाहरू हुँदै अाएका छन् ।

यस्ताे अवस्थामा ३१ वर्षीय सुनीता परमारले थारपकर जिल्लाबाट एसएस विधानसभा चुनाव पीएस-५६ का लागि स्वतन्त्र उम्मेदवारका रूपमा उठ्न नाम दर्ता गराएकी छिन् । सुनीताकाे यस कदमले उक्त समाजमा बदलाव लिने मात्र नभर्इ अन्य महिलाका लागि प्रेरक समेत हुने बताइएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चुनाव लड्न लागेकी सुनीताले शिक्षाकाे स्तरमा सुधार ल्याउने र अाफ्नाे क्षेत्रमा महिलाका लागि स्वास्थ्य सुविधामा सुधार तथा वृद्धि गराउने लगायतका प्रतिबद्धता व्यक्त गरेकी छिन् । गत मार्चमा एक अर्की हिन्दू दलित महिला कृष्णा कुमारी कोली पाकिस्तानमा पहिलाेपटक महिला सिनेटर बनेकी थिइन् ।

सुनिताकाे चुनावी पाेस्टर

आत्मविश्वासका साथ परमारले भनेकी छन् कि उनले चुनाव लड्ने फैसला गरिन्, किनभने पूर्वसरकारले अाफ्नाे निर्वाचन क्षेत्रप्रति गरेका हरेक प्रतिबद्धता बिर्सयाे, विगतका स्थानीय र प्रान्तीय सरकारले साे क्षेत्रका लागि केही पनि गरेनन् । २१ औं शताब्दीमा बाँचिरहेका भए पनि साे क्षेत्रका महिलाहरुका लागि कुनै आधारभूत स्वास्थ्य सुविधा र शैक्षिक संस्थाहरू छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com