थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, १६ बेपत्ता


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ । दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन् ।

डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टि गरेका छन् ।

हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com