पार्किङ खुलाउन विकल्पको प्रस्ताव


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

हेटौंडा। प्रदेश–३ को राजधानी कायम भइसकेपश्चात् हेटौंडा नगरको चहलपहल राम्ररी बढ्दै गएको अनुभूति गर्न सकिन्छ । बजार विस्तार हुने क्रम बढेसँगै यातायातको चाप पनि त्यसैगरी बढेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा उपमहानगर र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सहयोग पु¥याउँदै आएको छ ।

कार्यालय समयमा अत्यधिक सवारी जाम हुन नदिन संघकै पहलमा लोडिङ अनलोडिङका लागि निश्चित समय तोकी सहजीकरण हुँदै आएको छ । नगरवासीले बजारबाट सरसामान खरिद गर्न नगरका तोकिएका स्थानमा एकतर्फीरुपमा आफ्ना दुईपांग्रे सवारीसाधन राख्दै आएका छन् ।

यसरी एकतर्फीरुपमा दुईपांग्रे सवारीसाधन राख्दा ट्राफिक जाम भएको र नभोगिएको दाबी गर्दै संघले भनेको छ–मुख्यतः ठूला तथा भारी सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयबाट बसपार्क हुँदै बाइपासबाट लैजाँदा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न त्यति धेरै समस्या नभएको अवस्थामा हाल ठूला तथा भारी सवारीसाधन नगरभित्रबाट ओहोरदोहोर गरिदिँदा बजारका मुख्य सडकमा ट्राफिक जाम हुन थालेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com