मुस्ताङमा टिपर दुर्घटनाः हेलिकोप्टर कुर्दाकुर्दै पाँच घाइतेको ज्यान गयो


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

माथिल्लो मुस्ताङको स्याङ्बोचेमा शुक्रबार दिउँसो भएको टिप्पर दुर्घटनामा कम्तिमा १६ जनाको ज्यान गएको छ । घटनास्थलमा रहेका स्थानीय होटल व्यवसायी जड्याङ तेन्जिङ गुरुङका अनुसार दिउँसो पौने १ बजे भएको यो दुर्घटनामा हेलिकोप्टर कुर्दाकुर्दै ५ मजदुरले ज्यान गुमाएका छन् ।

चीनसँगको कोरला नाका जोड्ने कालिगण्डकी कोरिडोरमा काम गर्ने मजदुरहरु खाना खाएर निर्माणस्थलमा जाने क्रममा नयाँबाटोबाट खसेको टिप्पर पुरानो बाटो भन्दा मुनि झरेर दुघर्घटना भएको हो । घटनास्थलमा उद्धारमा सक्रिय गुरुङका अनुसार ११ जना मजदुरको तत्कालै ज्यान गएको हो भने बाँकी पाँचजनाले उपचार अभावमा ज्यान गुमाएका हुन् ।

‘दुर्घटनामा ११ जनाको तत्कालै ज्यान गयो, पल्टेको टिप्परले किचेपछि धेरै मजदुरले ज्यान गुमाए’, गुरुङले अन्नपूर्णसँग भने, ‘अन्य पाँचजनाले भने उपचार अभावमा ज्यान गुमाउनुपर्यो‍ ।’ दुर्घटना लगत्तै हेलिकोप्टर आउने खबर सुनेपनि अहिलेसम्म (अपरान्ह ४ बजे) प्रहरीसहितका अन्य उद्धारकर्मी घटनास्थलमा पुग्न सकेका छैनन् ।

‘उपचार अभावमै धेरैजनाले ज्यान गुमाए, हामीले हेलिकोप्टर कुरेको तीन घण्टा बितिसक्यो, अहिलेसम्म अत्तोपत्तो छैन’, उनले भने, ‘भर्खर कालिका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी आएर उपचार थालेका छन्, अन्य घाइतेहरुको अवस्था पनि जटिल छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुरुङका अनुसार यो दुर्घटनामा रुकुम, रोल्पा र बागलुङतिरका मजदुरहरु परेका छन् । कोरला नाका जोड्ने यो सडक निर्माणको जिम्मा बिरुवा कन्ट्रक्सनले लिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com