विभिन्न मुलुकमा रहेका नेपाली राजदूत परिवर्तन गर्ने सरकारको तयारी


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

सरकारले राजनीतिक नियुक्ति खारेज गरे लगतै विभिन्न मुलुकमा रहेका नेपाली राजदूत फेर्ने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले राजदूत फेर्ने आन्तरिक तयारी थालेको बताइएको छ । केही मुलुकमा रहेका नेपाली राजदूतहरु समयावधि सकिएर फिर्ता भएसँगै केपी ओली नेतृत्वको सरकारले खालि भएका र थप मुलुकमा राजदूत नियुक्ति गर्ने भएको हो ।

तत्कालिन सरकारले नियुक्त गरेको काँग्रेस र राप्रपाका सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाइने सम्भावना रहेको बताइएको छ । थाइल्याण्डका नेपाली राजदूतको कार्यकाल साउनमा सकिदैछ । यसैगरी मंसीर–पुसमा जेनेभा, दक्षिण अफ्रिका, ब्राजिल लगायतका मुलुकका राजदूतहरु पनि कार्यकाल सकेर फिर्ता हुँदैछन् ।

भारत, मलेसिया, युएइस्थित राजदूतावास केही समयदेखि राजदूतविहीन छन् । विभिन्न अध्ययन प्रतिवेदनहरुले गरेको सिफारिसका आधारमा सरकारले केही बर्षयता राजदूत नियुक्त गर्दा ५० प्रतिशत कर्मचारीबाट र बाँकी ५० प्रतिशत राजनीतिक क्षेत्रबाट नियुक्त गर्ने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com