पाकिस्तानका बीस हजार मतदान केन्द्र संवेदनशील


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

पाकिस्तानको निर्वाचन आयोगले बीस हजार भन्दा बढी मतदान केन्द्रहरूलाईसंवेदनशील मतदान केन्द्रका रुपमा बिहीबार घोषणा गरेको छ ।

आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रहरू मध्ये बीस हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो । आयोगका अधिकारीहरूले देशभरीमा ८५ हजार ३०७ ओटा मतदान केन्द्रहरु तोकिएको जानकारी दिएका छन् ।

पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुने तय भएको छ । सो निर्वाचन मार्फत् देशका सवै चार प्रदेश र संघीय राजधानी इस्लामावादबाट जनप्रतिनिधिहरू चयन हुनेछन् ।

संवेदनशील मतदान केन्द्रहरु देशको उत्तरपश्चिमी खैबर पाख्तुङख्वा प्रदेशमा सवै भन्दा धेरै रहेका छन् । सो प्रदेशमा सात हजार ३८६ ओटा संवेदनशील मतदान केन्द्रहरू रहेको अधिकारीहरूले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी दक्षिणी सिन्ध प्रान्तमा पाँच हजार ७७६ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेको घोषणा गरिएको छ । विद्रोही समूहहरू, राष्ट्रवादी र लडाकू समुहहरुबाट विभिन्न प्रकारका आक्रमणहरू हुन सक्ने खतरा आँकलन गरेर संवेदनशील मतदान केन्द्रहरू तोकिएको आयोगले जनाएको छ । देशको पञ्जाब प्रदेशमा संवेदनशील मतदान केन्द्रहरूको सङ्ख्या पाँच हजार ६८६ रहेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हजार ७६८ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेका छन् ।

संघीय राजधानी इस्लामावादका ३६० मतदान केन्द्रमध्ये १७३ मतदान केन्द्रलाई संवेदनशील घोषणा गरिएको छ । संवेदनशील घोषणा गरिएका मतदान केन्द्रहरू सुरक्षा सतर्कता बढाईने र क्यामेराहरू पनि जडान गरिने आयोगका अधिकारीहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com