तिब्बती शरणार्थीबारे राष्ट्रसंघको चासो


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ। युएनएचसिआरको नेपालस्थित कार्यालयका प्रतिनिधि बुस्रा हालेपोताले गृहमन्त्री रामबहादुर थापासँग बिहीबार मन्त्रालयमै भटेर चासो व्यक्त गरेकी हुन्। भेटमा नेपालमा रहेका तिब्बती शरणार्थीका विषयमा छलफल भएको थियो। भेटमा भुटानी शरणार्थी र म्यान्मारबाट विस्थापित रोहिन्जा शरणार्थीबारे हालेपोताले कुनै विषय उठाएकी थिइनन्।

युएनएचसिआरका प्रतिनिधि हालेपोताले नेपालमा रहेका तिब्बती शरणार्थीको दर्ता तथा नवीकरण प्रक्रिया थाल्न आग्रह गरेकी थिइन् । गृह मन्त्रालयले लामो समयदेखि तिब्बती शरणार्थीको दर्ता गरेको छैन। युएनएचसिआरका प्रतिनिधि हालेपोताले शरणार्थीको पुनर्वास, पुनस्र्थापना र व्यवस्थापनमा चासो दिएकी थिइन्। सरकार परिवर्तनसँगै युएनएचसिआर तिब्बती शरणार्थीबारे चासो राख्दै आएको छ। युएनएचसिआरकी प्रतिनिधि हालेपोताले तिब्बती शरणार्थीको मानवअधिकारबारे चासो राखेकी मन्त्रालय स्रोतले जनाएको छ।

गृहमन्त्री थापाले शरणार्थीलाई नेपाल सरकारले सामाजिक अधिकारहरुमा पूर्ण रुपमा सहयोग गर्दै आएको बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com