अनशनरत डा.केसीको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीको निर्देशन


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

चिकित्सा शिक्षा क्षेत्रको समग्र बेथितीलाई सुधार गर्न अनशनरत डा. गोविन्द केसीको उपचारको लागि कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीले चिकित्सकहरुलाईे निर्देशन दिएका छन् । यसअघि आज बिहान मन्त्री यादवको निर्देशनमा काठमाडौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीलाई डा.केसीको उपचारका लागि जुम्ला पठाईसकीएको छ ।

स्वास्थ्य मन्त्री यादवले डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र बिरामीहरुको सेवामा खटिन निर्देशन दिएका छन् ।साथै उनले उपचार पाउने नैशर्गिक अधिकारबाट जनतालाई बञ्चित नगर्न आग्रह गर्दै अत्यावश्यक सेवा बन्द गरी आन्दोलन जारी राखेमा कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

स्वास्थ्यमन्त्री यादवको स्वकीय सचिव चौरसियाले चिकित्सा क्षेत्र सुधारको विषय अन्य मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने भएको कारण शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग यसबारे थप छलफल भईरहेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com