माइतीघरबाट १२ जना मानवअधिकारकर्मी पक्राउ


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

मानवअधिकारकर्मी चरण प्रसाईंसहित १२ जना काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।

डा। गोविन्द केसीको समर्थन र माईतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन गर्न पुगेका १२ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा चरण प्रसाई, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी र डा। सुरेन्द्र भण्डारी लगायत रहेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत अनामनगरमा राखिएको छ ।

उनीहरुलाई केही बेरमा नियन्त्रणमुक्त गरिने काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com