भर्जिनियाको ग्यास स्टेशनमा नेपालीको हत्या


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

भर्जिनियाको ग्यास स्टेशनमा काम गरिररहेका एक नेपालीको लुटेराको आक्रमणमा ज्यान गएको छ । लुटेराको आक्रमणबाट ४० बर्षका रेशम बजगाईको ज्यान गएको हो ।

बुधबार विहान सबा १ बजे लुटेराले ग्यास स्टेशनमा पुगेर बजगाईमाथि आक्रमण गरेका थिए । शरिरको माथिल्लो भागमा भएका आक्रमणमा बजगाईको ज्यान गएको हो ।

बजगाईले ग्यास स्टेशनमा क्यासियरको काम गर्दै आएका थिए । घटना फ्रयांकलिन फार्म रोडमा रहेको सनोको ग्यास स्टेशनमा भएको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा १९ बर्षीय मोहम्मद अब्दुल्लाहीलाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com