गंगामाया सिकिस्त, पग्लेन सरकारको मन


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

छोरा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीलाई कारबाही हुनुपर्ने माग राखी अनसन बस्नुभएकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उहाँलाई जिउ पोल्ने, छाती दुख्ने र दाहिने खुट्टाको एउटा पाटोमा स्पर्शको अनुभव कम हुने समस्या भएको बताइएको छ ।

गंगामायाको विषयमा सरकार गम्भीर नबनेको मानबअधिकारकर्मीको आरोप छ । वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ बाट छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई आजिवन जेल सजायको माग राख्दै गंगामायाले ३६ दिन अघि अनसन सुरु गर्नुभएको थियो । कृष्णप्रसादको हत्या २०६१ साल जेठ २४ गते भएको थियो ।

उहाँका पती नन्दप्रसाद अधिकारीको विर अस्पतालमै २०७१ असोज ६ गते निधन भएको थियो । कृष्णप्रसादको हत्याका आरोपी छविलाल पौडेललाई सर्वोच्च अदालतबाट २०७२ सालमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइए पनि कार्यान्वयन हुन सकेको छैन ।

मानव अधिकारकर्मी चरण प्रसाइले नेपाल समाचारपत्रसंग भन्नुभयो,–‘गंगामायाको माग नाजायज होइन । सर्वोच्चको आदेश कार्यान्वयन नहुनु नागरीक अधिकार हनन हुनुजस्तै हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रिय मानब अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपाल समाचारपत्रसंग भन्नुभयो–सर्वोच्चको आदेश कार्यान्वयन हुनुपर्छ, आश्वासन मात्र दिने होइन ।’

दोषीमाथि कार्वाहीको माग गर्दै सत्याग्रहमा होमिएकी ६२ वर्षीय गंगामायाले गणतन्त्र दिवसको अवसर पारेर गत जेठ १५ गतेदेखि फेरी आमरण अनसन सुरु गर्नुभएको हो । याे खबर अाजकाे नेपाल समाचारपत्रले लेखेकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com