तराईमा बाढी, पहाडमा पहिरो : एकैदिन ११ जनाको मृत्यु !


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

अविरल वर्षाले पहाडमा पहिरो र तराईमा डुबान हुँदा सोमबार देशका विभिन्न ठाउँमा ११ जनाको मृत्यु भएको छ । पहिरोको कारण पहाडी जिल्लाहरूमा सडक अवरुद्ध भएको छ भने तराईमा डुबानका कारण जनजीवन प्रभावित भएको छ ।
आइतबारदेखि सोमाबारसम्मै अविरल वर्षा जारी छ । सोमबार साँझसम्म मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोमा दुई जना बेपत्ता भएका छन् ।

काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटीको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका सैवाङमा अविरल वर्षाका कारण घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको राजधानी दैनिकमा खबर छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा घर भत्किँदा एकको मृत्यु भएको छ । यस्तै, पर्सागढी नगरपालिकास्थित फन्ती खोलामा आएको बाढीका कारण एकको मृत्यु र एक बेपत्ता भएको पर्सास्थित राजधानीकर्मीले जनाएका छन् ।

यस्तै, सिन्धुलीको दुधौली नगरपालिकाको कमला नदीमा डुबेर एकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसै गरी, बाँकेमा दुई बाढीले बगाएर र दुई जनाको नहरमा डुबेर मृत्यु भएको नेपालगन्जस्थित राजधानीकर्मीले जनाएका छन् । यस्तै, चितवनको भरतपुर महानगरपालिका बरमझीमा एक जनाको नहरमा डुबेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com