अविरल वर्षाले तराईमा डुबान र पहाडमा पहिरो खस्दा देशैभरि जनजीवन अस्तव्यस्त


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

अविरल वर्षाले तराईमा डुबान र पहाडमा पहिरो खस्दा देशैभरि जनजीवन अस्तव्यस्त बनेको छ । बर्षाकै कारण कारण आएको बाढीले बगाउँदा बाँकेमा दुई जनाको ज्यान गएको छ भने घर भत्किँदा रोल्पामा तीन र कैलालीमा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कोहलपुरका अनुसार जेठी नालामा आएको बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनारलाई बगाएको छ । उता, जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा घर भत्किएर तीन जनाको मृत्यु भएको हो । यस्तै, कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीका कडेरा रानाको घर भत्किँदा उनकी श्रीमती दुठा रानाको मृत्यु भएको छ ।

उता, अविरल बर्षाका कारण वीरगञ्जको श्रीपुर, पानीट्यांकी, नगवा, रामगढवा लगायत क्षेत्र डुबानमा परेको छ । वीरगञ्जको आदर्शनगर, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलमा पनि पानी पसेको छ । यस्तै, बाँकेको नेपालगञ्ज पनि डुबानमा परेको छ । न्यूरोड, सेतु विक चोक, वीरेन्द्र चोक लगायत क्षेत्र जलमग्न छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमा समेत डुबान भएको छ । यसैगरी सिरहा मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार क्षेत्र र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवत–जावतमा समस्या भएको छ । वर्षाका कारण दाङको जनजिवन प्रभावित भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाढीका कारण तुलसीपुर– घोराही– लमही सडक खण्डमा पर्ने खहर खोलाहरुमा पानीको बहाव बढेपछि साना खालका सवारी साधन सञ्चालनमा समस्या भएको छ । बर्दियामा डुबानमा परी केही परिवार विस्थापित भएको खबर आए पनि संख्या एकिन नभएको स्थानीय प्रशासनले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com